26.1 C
Kathmandu

मिरगन्ज पुल भासियो, जोगबनीबाट आयात–निर्यात ठप्प

विराटनगर/ नेपाल भारत सिमामा रहेको भारतको बथनाहस्थित मिरगन्ज पुल भासिएपछि जोगबनी नाकाबाट शुक्रबारदेखि आयात–निर्यात ठप्प भएको छ । पाँच वर्षअघि बाढीले क्षतिग्रस्त बनाएको उक्त पुल यातयात सञ्चालन गर्न नमिल्ने गरि भासिएको हो । पुल क्षतिग्रस्त बनेपछि विगत डेढ वर्षदेखि सुनसरीको भन्टाबारी नाकाबाट आयात–निर्यात गरिएको थियो ।यो सडकबाट आयात निर्यात गर्दा ४५ किलोमिटर सडक फेरो पर्छ ।

सुनसरी–मोरङका उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात र तयारी सामान निर्यात गर्ने प्रमुख मार्गमा यो पुल रहेको छ । पुल मर्मत गरेर सञ्चालन हुँदै आएकोमा भारतको अररिया प्रशासनले बिहीबार रातिदेखि पुलबाट मालवाहक र ठूला सवारी आउजाउमा रोक लगाएको छ । शुक्रबार जोगबनी नाकाबाट आयात–निर्यात पूर्ण ठप्प भएको विराटनगर भन्सारका अधिकृत अमित तिवारीले बताए ।

विराटनगर भन्सार, जोगबनी भन्सारका प्रतिनिधिसहित मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीले शुक्रबार वैकल्पिक बाटोको खोजी गरेका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार