26.1 C
Kathmandu

महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत

एजेन्सि/ दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत यसको जानकारी दिएका हुन।

ट्वीट गर्दै जयशंकरले ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ भनि उल्लेख गरेका छन् । महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न खासगरी नेपाली समुदायले समस्या खेपिरहेका छन्। नेपाल सरकारले धेरै समयदेखि दार्चुलास्थित महकाली नदीमा पुल बनाउने विषयमा सहमतिका लागि भारतलाई आग्रह गर्दै आएको थियो । तर भारत तयार भएको थिएन । भारतीय मन्त्रिपरिषद्ले बिहीबार दुई देशबीच पुल बनाउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अनुमति दिएको छ । सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने बताइएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार