29.1 C
Kathmandu

प्रचण्डलाई कोरोना संक्रमण प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहितका अधिकांश नेता तथा मन्त्रीहरुआइसोलेसनमा बसेका छन् ।
दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए । शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म ९करिब तीन दिन० आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताए । प्रधानमन्त्री शनिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन् ।दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार