23.1 C
Kathmandu

चैतका लागि घट्यो निक्षेपको ब्याज

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरूले चैतका लागि निक्षेपको ब्याज घटाएका छन् । बैंक तथा वित्तिय संस्थाहरूले बिहीबार आगामी चैतका लागि ब्याजदर सार्वजनिक गर्दै निक्षेपको ब्याजदर घटाएका हुन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गरिएको ब्याजदरमा एनआईसी एसिया बैंक बाहेक अन्य सबै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । एनआईसी एसियाले भने फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैतमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ८.५४ प्रतिशत कायम गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार