29.1 C
Kathmandu

प्रधानमन्त्री दाहालले लिए तेश्रोपटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार‍‍‍‍‍‍‍‍‍ प्रतिनिधि सभाबाट तेश्रो पटक विश्वासको मत लिएका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर फागुन २१ गते नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पेश गरेका थिए ।

प्रतिनिधिसभामा उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिएका थिए । प्रधानमन्त्री दाहालले पेश गरेको प्रतावको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादीका १५७ सांसदले विश्वासको मत दिएका छन् भने नेपाली कांग्रेस, जनमत, लोसपा र राष्ट्रिय जनमोर्चाका ११० जना सांसदले विपक्षमा मत दिएका थिए । एक जना सांसद तथष्ट बसेका थिए ।

प्रधाानमन्त्री दाहाल पहिलोपटक एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । दोश्रोपटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट उनले विश्वासको मत लिएका थिए ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार