23.1 C
Kathmandu

लघुवित्त संघर्ष समितिलाई अर्थ मन्त्रालयले वार्तामा बोलायो 

काठमाडौँ । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री पुनको सचिवालयले प्रेस नोट जारी गर्दै मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न निर्देशन दिए पछि मन्त्रालयले उनीहरूलाई वार्तामा बोलाएको जनाएको ।

अर्थ मन्त्रालयका सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको छ ।  

प्रेस नोटमा अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो । वार्ता अर्थमन्त्रालयमा हुने छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार