29.1 C
Kathmandu

चौथौ नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

 काठमाडौं । प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका बारेमा जानकारी दिने उद्देश्यले काठमाडौंमा चौथौ नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा. ली. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. ली. को संयुक्त आयोजनामा पौष ५, ६ र ७ गते भृकुटीमण्डपको प्रर्दशनी कक्षमा यो प्रर्दशनी हुन लागको हो । 

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजकहरूले बताएका छन् । मुलुक भित्र रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसग सरोकार राख्ने व्यापार व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर ब्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागिएको बताइएको छ । उक्त प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको मिडिया स्पेस सोलुसन्स प्रा. ली. का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । 

प्रबन्ध निर्देशक भट्टराईका अनुसार उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा सञ्चालन भएका उधोग र व्यापार व्यवसायीहरूलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरू बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने विश्वास लिइएको छ । 

यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने बताइएको छ।

सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाइभ पीले समृद्ध नेपालको रेखाङ्कनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्राउने आयोजकले दावि गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार