23.1 C
Kathmandu

प्राधिकरणद्धारा ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले युटिएल, काठमाडौंको म्याक्स नेट सोलुसन प्रा.ली र चितवन नेटवर्क प्रा.लीको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको हो ।

अनुमतिपत्र नवीकरण नगरेका कारण ती कम्पनीको अनुमतिपत्र खारेज गरिएमने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालीले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालीले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । यस्तो अनुमतिपत्रको हरेक पाँच वर्षपछि नवीकरण गर्नुपर्ने व्यवस्था भएपनि ती कम्पनीहरुले तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज भएको बताइएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार