26.1 C
Kathmandu

गभर्नरबाट सपथ लिएपछि नबिलका अध्यक्षले भने अग्र्रणी भूमिका कायम राख्न प्रतिवद्ध छौं

काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिको मिति २०७८ पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन हुनुभएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज मिति २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालको उपस्थिति थियो ।

बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औ साधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार