29.1 C
Kathmandu

डिजेल पेट्रोल तीन रुपैयाँले महंगियो, घाटाको नाममा मूल्य बढाएको बढायै

काठमााडौं । सरकारले इन्धनको भाउ बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३(३ रूपैयाँले बढाएको हो । ग्यासको मूल्य भने यथावत राखिएको छ । घाटा सहेर बेच्दा भारतलाई तिर्ने पैसा पनि नहुने स्थिति भएपछि निगमले भाउ बढाएको हो । मूल्य बढाए पनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुनेछ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रूपैयाँ तथा डिजेल र मट्टितेलको १ सय २२ रूपैयाँ पर्नेछ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १०० अमेरिकी डलरले बढाएर १ सय ६ रूपैयाँ र ९९५ डलर पुर्‍याइएको छ । तेलको मूल्य कात्तिक २४ यता अर्थात् ४० दिनपछि समायोजन गरिएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार