29.1 C
Kathmandu

अब घर तथा अफिसमै निजी चार्जिङ स्टेसन राख्न पाइने

काठमाडौं / आफ्नो विद्युतीय सवारी साधन र त्यसमा प्रयोगा गरिने ब्याट्रीमात्र चार्ज गर्न पाउने गरि निजी आवास तथा कार्यालयहरुमा स्टेसन स्थापना गर्न पाइने भएको छ । नेपाल विद्युत प्राधिकरणले निजी आवास र कार्यालयहरुलाई यस्तो सुविधा दिने भएको हो । विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली २०७८ मा यस किसिमको व्यवस्था उल्लेख गरेको हो । यसरी स्थापना गरिने चार्जिङ्ग स्टेशनमा निजी चार्जिङ्ग तथा विद्युत नियमन आयोगबाट तोकिएको विद्युत महसुलका अतिरिक्त सेवा शुल्क लिन नपाउने उल्लेख गरिएको छ ।

यसरी स्थापना गरिएका चार्जिङ स्टेसनमा तोकिएको दररेटमा रातको समयमा विद्युतीय सवारी सस्तो मूल्यमा चार्ज गर्न सकिने छ । सार्वजनिक स्थल एवम् निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न नेपाल सरकारबाट स्वीकृत प्राप्त निकाय, फर्म, व्यक्ति तथा कम्पनीलाई अनुमति दिन सकिने गरी नियमावली ल्याइएको हो ।

सार्वजनिक चार्जिङ्ग स्टेसन सञ्चालन गर्ने व्यक्ति, फर्म तथा कम्पनीले नेपाल सरकारबाट समय समयमा जारी हुने निर्देशनको पालना गर्नु पर्नेछ । अहिलेको महसुल दरअनुसार सार्वजनिक यातायातबाहेक निजी चार्जिङ स्टेसनलाई न्युनतम् प्रतियुनिट ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तोकिएको छ । निजी चार्जिङ स्टेसनले वैशाखदेखि मंसिरसम्म पिक समय ९ साँझ ५देखि राति ११ बजेसम्ममा चार्जिङ स्टेसनको प्रकारअनुसार प्रतियुनिट ११.२० रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्ने हुन्छ ।

वर्षाको यो सिजनमा रातमा भने प्रतियुनिट ४.४५ रुपैयाँदेखि ५.१५ रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । यस्तै, वर्षाको समयका दिन ९बिहान ५ देखि साँझ ५ बजेसम्म०मा प्रतियुनिट १०.१० देखि १०.३० रुपैयाँ महसुल तोकिएको छ । यी महसुलहरूमा २० प्रतिशत शुल्क जोडेर चार्जिङ स्टेसनले ग्राहकबाट शुल्क लिन पाउँछन् । सार्वजनिक प्रयोजनमा स्थापित चार्जिङ स्टेसनमा चार्ज गर्दा भने अझै सस्तो पर्छ ।

प्राधिकरणको विनियमावली अनुसार नेपालका मुख्य मुख्य शहरी क्षेत्रमा सार्वजनिक चार्जिङ्ग स्टेसन सञ्चालन गर्न चाहने व्यक्ति, फर्म र कम्पनीलाई प्राथमिकता दिईनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार