23.1 C
Kathmandu

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि पुनः १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले बुधबार सूचना निकालेर ऋणपत्र बिक्रीका लागि आह्वान गरेको हो ।

ऋणपत्र खरिदका लागि असोज २५ गते ९बिहीबार० दिउँसो ३ बजेसम्मको समयमा बोलकबोल गर्न सकिने राष्ट्र बैंकको जनाएको छ । असोज २६ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र ०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

बैंकले जारी गरेको सूचनाका अनुसार यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने छ ।

बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर अहिले आन्तरिक ऋण उठाइरहेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५र५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना थियो । तर, अहिले सम्म ८७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ भने, बाँकी १० अर्बका लागि बोलकबोल आब्हन गरेको छ । आह्वान गरेको ऋणपत्र पनि बिक्री भएपछि सरकारले कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ । जसमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार