23.1 C
Kathmandu

इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो जहाज

काठमाडौं । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौका लागि उडेको छ। इजरायलस्थित तेल अभिभ विमानस्थलबाट विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी लिएर उडेको जहाज आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए । स्थानीय समयअनुसार २ बजेर ३२ मिनेटमा उडान भरेको उक्त जहाज राति १ः३० बजे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो। तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरु उक्त विमानबाट नेपाल फर्किंदैछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार