29.1 C
Kathmandu

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए सामूहिक राजीनामा

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

आन्दोलनरत चिकित्सकहरुले प्रतिष्ठानमा चिकित्सकको दरबन्दी खाली भए पनि सात वर्ष देखि बढुवा प्रक्रिया रोकेर योग्य चिकित्सकहरुलाई पलायन हुन बाध्य बनाएको, प्रतिष्ठानका विभिन्न विभागमा प्रोफेसरको अभावमा पठानपाठनमा असर परेको लगायतका विषयमा मन्त्री बस्नेतको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएका छन् । तर मन्त्रालयबाट आफूहरुको गुनासो सुनुवाई नभएपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार