29.1 C
Kathmandu

इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन निगमको वाइडबडी जाँदै

काठमाडौँ । युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका नेपाली ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बुधबार पठाइने भएको छ । बुधबार राति ११ बजे दुबई ट्रान्जिट भएर नेपाल एयरलाइन्स इजरालयको तेलअबिब जान लागेको हो। दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको बताइएको छ ।

निगमको २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने बताइएको छ । सरकारले इजरायलबाट नेपाल पर्किन चाहाने नेपालीहरुलाई अनलाईन आवेदन भर्न भनेको थियो । करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार