26.1 C
Kathmandu

पूर्वसभामुख महराका छोरा राहुल सहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर गरेको छ । राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।

दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारीलाई दर्जनौपटक फोन गरी सुन छुटाउन दबाब दिएका थिए । सीआईबीसँगको सोधपुछका क्रममा महराले समेत त्यो कुरा स्विकारेका छन् । सीआईबीले तयार गरेको छानबिन प्रतिवेदनमा पूर्वसभामुख महारालाई उन्मुक्ति दिइएपछि उनीविरुद्ध भने मुद्धा दायर भएन ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार