26.1 C
Kathmandu

बज्र ग्रुपले ल्यायो दशैं स्कीम, शोरुम आयो लेभनिङ पायो

काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण गर्दै आएको छ। दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्कीम सार्वजनिक गरेको हो ।

लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्कीम ल्याएको हो ।कम्पनीले दशैं स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ ।लेभनिङको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रीक स्कुटर जित्न सक्नेछन् । कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।

बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रा. लि.ले जर्मन कम्पनीको द्ययकअज को मोटर भएको र सामसुङ्ग को लिथियम आयन ब्याट्री भएको १५० की मी रेन्ज भएको प्रोडक्ट हरु एक्सचेन्ज, फाइनान्स र क्यास को सुविधासहित बिक्रि वितरण गर्दै आएको छ। दशैं अफरमा शोरुम आयो लेभ्निङ पायो अफरको लक्की ड्र मार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सक्ने कम्पनीले जनाएको छ ।

आजै नजिकको नक्साल, भैंसेपाटी, भक्तपुर, बनेपा, जनकपुर, चितवन, बिर्तामोड, पोखरा, बुटवल लगायत मुख्य मुख्य शहरहरुमा रहेका शोरुमबाट उपभोक्ताले यी स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार