29.1 C
Kathmandu

पर्यटन बोर्डको बजेट विकृतिपूर्ण भएकाले मैले रोकेको हुँः पर्यटनमन्त्री किराँती

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डको बजेट विकृतिपूर्ण भएकाले आफूले रोकेको बताएका छन् । पोखरा पर्यटन परिषदले शनिबार पोखरामा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री किराँतीले बोर्डले १ अर्बको बजेट प्रस्ताव गरेकोमा ७७ करोड युरोपमा जनसम्पर्क प्रतिनिधि राख्न र बाँकी २२ २३ करोड नेपालमा पूर्वाधारमा खर्च गर्न खोजेको पाइएपछि यसमा गडबड देखिेर आफूले बजेट अस्विकार गरेको मन्त्री किराँतीले बताए ।

मन्त्री किराँतीले भने, एक अर्ब बजेटमा ७७ करोड त युरोप घुम्न प्रस्ताव गरेका छन्, एजेण्टलाई दिने गरी राखेका छन्,’ उनले भने, ‘अनि २२ २५ करोड टेण्डरबाट पूर्वाधार बनाउने भनेका छन्, मैले यसलाई अस्वीकार गरें, त्यसैले बोर्डको बजेट आउन सकेन ।

पर्यटन बोर्डको रकम पर्यटन प्रवर्द्धनमा मात्र खर्च गर्नुपर्ने आफ्नो अडान रहेको बताउँदै मन्त्री किरातीले पर्यटन बोर्डको काम पर्यटन प्रवर्द्धन गर्ने हो, विदेश घुम्ने र पूर्वाधार बनाउने होइन भन्दै असन्तुष्टि पोखे ।

बोर्ड ऐन अनुसार साउन १५ भित्र बजेट पारित भइसक्नुपर्छ। बोर्डको बजेटमा पूर्वाधार बनाउने र युरोपमा एजेण्ट राख्न बजेटको ठूलो हिस्सा विनियोजन गरेपछि पारित हुन नसकेको हो ।

बोर्डमा आफू सदस्य नभए पनि मन्त्रालयमातहत भएकाले बोर्डको बजेट गलत ठाउँमा जान नदिएको बताउँदै पर्यटनमन्त्री किरातीले भारत र चीनमा पर्यटन प्रवर्द्धन गर्न आफूले केन्द्रित गरेको भन्दै उनले युरोप र अमेरिकामा पनि समानान्तर ढंगले प्रवर्द्धन गर्नुपर्ने बताए।

पर्यटन बोर्डको बजेट प्रसंगमा मन्त्री किराँतीले पुच्छरले कुकुर हल्लाउन खोजेको टिप्पणी गरे। उनले भने, ‘पुच्छरले कुकुर होइन, कुकुरले पुच्छर हल्लाउँछ,’ ‘कुकुर चाहिँ म हो, राम्रो शब्द त होइन, तर पुच्छरले कुकुर चलाउँछ हेर्नुस्।’

अर्को प्रसंगमा मन्त्री किराँतीले जहाज किन्ने प्रक्रिया अघि बढाएको बताए। नेपालमा रहेका २२ वटा विमानस्थल अहिले पनि संचालनमा नरहेको भन्दै उनले तीनवटा साना जहाज किन्ने तयारी भइरहेको बताए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार