26.1 C
Kathmandu

मुलुकभर ५३ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा १२ प्रतिशतले रोपाइँ घट्यो

काठमाडौँ / गत वर्षको भन्दा यस वर्ष मुलुकभर धान रोपाइ झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिले करिव ५३ प्रतिशत खेतमा मात्रै रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो ।

असार २९ गतेसम्म धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने समयमा गोरुमा लम्पी स्किन रोगको प्रकोपका देखिएका कारण कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यसवर्ष मधेस प्रदेश, कोशी प्रदेश र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँ ढिला शुरु भएको बताउँदै मन्त्रालयले मनसुन सक्रिय भएसँगै रोपाइँको क्षेत्रफल बढ्दै जाने बताएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार