29.1 C
Kathmandu

आजबाट एमडीएमएस प्रणाली लागु हुने

काठमाडौं / दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणाली लागु गर्ने भएको छ ।

सरकारले निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको हो । दूरसञ्चार प्राधिकरणका अनुसार जेठ १ गतेबाट यो नियम लागु हुने छ ।

यो नियमानुसार विदेशमा रोजगारीका लागि गएकाहरुले स्वदेश फर्किदा २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । अन्य भिसामा विदेश जानेको हकमा भने यो नियम लागु हुने छैन । भन्सार विभागले विदेशबाट फर्कने यात्रुहरुले आफुले प्रयोग गरिरहेको मोबाइल फोन १ जान महसुल नतिरी ल्याउन पाउने व्यवस्था संशोधन गरिएको जानकारी दिएको छ।

यसैवीच प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिने बताएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार