26.1 C
Kathmandu

मर्जर पछि पुँजीका हिसावले पहिलो बन्यो आईएमई प्रुडेन्सियल

काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि आईएमई प्रुडेन्सियल इन्स्योरेन्सका नामबाट एकीकृत कारोबार सुरु भएको हो।

नेपाल बीमा प्राधिकरणले लामो चुक्ता पुँजी बढाउन दबाब दिएपछि आईजीआई र प्रुडेन्सियलले मर्जरको तयारी गरेका थिए । चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर यी दुई कम्पनीले मर्जरको प्रस्ताव पारित गरेका थिए । यी कम्पनीहरु एक बराबर एकको अनुपातमा बराबर हैसियतमा मर्जरमा जान सहमत भएका हुन् ।

मर्जर पछि नयाँ कम्पनीमा आईएमई समूहबाट अध्यक्ष र सीईओ हुने छन । कम्पनीको अध्यक्षमा हेमराज ढकाल र सीईओमा आईजीआईका सीईओ युगेशभक्त बादे श्रेष्ठ रहने कम्पनीले जनाएको छ ।

पुँजीका हिसावले यो कम्पनी पहिलो नम्बरमा रहन सफक भएको छ । मर्जरपछि आईएमई प्रुडेन्सियलको चुक्त पुँजी तीन अर्ब दुई करोड पुगेको छ । यो पुँजी निर्जीवनतर्फ सबैभन्दा धेरै हो ।प्राधिरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपियाँ कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार