23.1 C
Kathmandu

फरार रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौँ/ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटक्षेत्रबाट पक्राउ गरिएको हो ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागि हुन गएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । बुधबार रायमाझीका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । बुधबार नै रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार