26.1 C
Kathmandu

आगामी बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर सिर्जना र सुशासन प्रवर्द्धनमा लक्षित हुने

काठमाडौँ / अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ लक्षित हुने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बजेट अधिवशेनको पहिलो बैठकमा प्रि बजेट छलफलको प्रस्ताव राखेका अर्थमन्त्री महले यस्तो कुरा बताएका हुन । अर्थमन्त्री महतले बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव बजेटका प्राथमिकताका विषयमा समावेश गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु, मन्त्री महतले भने ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार