26.1 C
Kathmandu

नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा होः सांसद चौधरी

काठमाडौ/ उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै चौधरीले आज राजधानीमा आयोजित नेपाल बिजनेस समिटको प्रसंगलाई जोड्दै यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिराहो । जसमाथि हामी बसेका छौँ । यो हिरालाई कसरी चम्काउने भन्ने कुरा अब हामीले जान्नै पर्नेछ। हामीले हेर्दाहेर्दै दुबई लगायतका देशले आफूलाई मरुभुमीबाट हिरामा परिणत गरे। तर हामी भने आफ्नै नाभिको कस्तुरी चिन्न नसकेर भौँतारीरहेका छौँ।

देश भित्र र बहिर पनि नेपाललाई माया गर्ने उद्यमशील व्यक्तिहरुको अभाव छैन। उनीहरुलाई नेपालमा लगानी गर्दा आनन्दित महशुश गराउनु पर्दछ। नेपालमा विकासका लागि लगानी गर्नेहरुलाई सम्मान गर्नुपर्दछ मनै भित्रबाट। उनीहरुलाई छेकेर, रेन्ट सिकिङ गरेर होईन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार