29.1 C
Kathmandu

५५ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर

काठमाडौँ / मुलुकको कुल जनसंख्याको करिब साढे ५५ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर रहेको पाइएको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा करिब साढे ४४ प्रतिशत नागरिकमा मात्र बिमाको पहुँच पुगेको उल्लेख छ ।

पछिल्ला वर्षमा तीव्र रुपमा बिमा सेवाको विस्तार बढेकाले समग्र बिमा पहुँचमा पनि केही वृद्धि भएको प्राधिकरणले जनाएको छ । बिमा पहुँचमा वृद्धि भएपनि गत चैतसम्म मुलुकको कुल जनसंख्याको करिब साढे ५५ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर रहेको तथ्यांकमा उललेख छ ।

विभागका अनुसार मुलुकको करिब साढे ४४ प्रतिशत नागरिकमा बिमाको पहुँच पुग्नुमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश गरिएको छ । उनीहरुको बिमा हटाउँदा गत चैतसम्म करिब १८ प्रतिशत नागरिकमा मात्र बिमा पहुँच पुगेको छ ।

धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु, कम्पनीहरू सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि आधाभन्दा बढी जनसंख्या बिमा सेवाबाट वञ्चित रहन पुगेको बताइन्छ । प्राधिकरणका अनुसार गत चैतसम्म बिमा कम्पनीहरूले १ करोड ४१ लाख ६५ हजार ९ सय ९२ वटा जीवन बिमालेख र २१ लाख ६६ हजार ३ सय २८ वटा निर्जीवन बिमालेख बिक्री गरेका छन् । हाल मुलुकभर १९ जीवन बिमा, २० निर्जीवन बिमा र २ पुनर्बिमा कम्पनी सञ्चालनमा छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार