29.1 C
Kathmandu

अर्थतन्त्रमा समस्या भएपनि चिन्ताजनक अवस्था आएको छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भए पनि चिन्ताजनक अवस्था भने आइनसकेको बताएका छन्। काठमाडौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, गत वर्ष नेपालको अर्थतन्त्र श्रीलंका जस्तै हुन लाग्यो भनेर जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो बिस्तारै कम हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा समस्याहरु छन। तर हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर सरकारले काम गरिरहेको छ ।

अर्थतन्त्र सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले सरकार, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एक भएर अर्थतन्त्र सुधारका लागि लाग्नुपर्ने बताए।

अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायतका निकायहरूले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधारको संकेत देखिन थालेको प्रधानमन्त्री दाहालले दाबी गरे ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने बताउँदै दाहालले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधिलगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वेदशीरवैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँदै प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै निर्यातमा सुधार ल्याउन र अर्थतन्त्रलाई उत्साहित बनाउन सरकारले प्राथमिकता दिने बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार