26.1 C
Kathmandu

बजेट अधिवेशनसँगै प्रि बजेट छलफल हुने, बजेट सुझाव भन्दै सांसदको जोड के के मा ?

काठमाडौं । आजबाट शुरु हुने बजेट अधिवेशनसँगै प्रि बजेट छलफलसमेत शुरु हुँदै छ । बजेटमा सांसदले आफ्ना सुझाव दिने छन् । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने हुने छ ।

याे सँगै सांसदहरूले अगामी आर्थिक बर्षकाे बजेटका लागि सुझाव दिने छन । कतिपय स‌सदले त याे र त्याे याेजनामा बजेट लेउ र देउ भनेर माग पनि गर्ने छन । मुख्यतया बजेट अधिवेशनले आगामी बजेटकाे प्राथमिकता र सिद्दान्तमा बसह गर्ने छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार