23.1 C
Kathmandu

रेमिट्यान्स आप्रवाहमा केही वृद्धि अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास

 काठमाडौँ / विभिन्न मुलुकमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्सको दरमा विगतको तुलनामा केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणमा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको हो । यो अवधिमा नेपालीहरूले मासिक औसतमा ९९ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् ।

यसरी मुलुक भित्र आएको रेमिट्यान्स प्रवाह र आयात केही मात्रामा घटेपछि अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका वित्तीय विवरण अनुसार साउनदेखि फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको देखिन्छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।

यसरी रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्यामा आएको बुद्धिलाई प्रमुख कारण मानिएको छ । नेपाल सरकारका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा ३ लाख ५१ हजार ७६१ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । यससँगै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा पनि समीक्षा अवधिमा वृद्धि भएको छ । सरकारी तथ्यांक अनुसार यो अवधिमा १ लाख ९२ हजार ५५९ जना नेपालीले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार