26.1 C
Kathmandu

घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने

काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ ।

पार्टीहित विपरीत काम गरेको भन्दै रास्वपाले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको श्रोतले बताएको छ ।

सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेका थिए । सांसद श्रेष्ठ र व्यवसायी प्रसाईवीच भएको फोन कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सांसद श्रेष्ठले मन्त्री बन्नका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने भयो भन्दै आफूसँग पैसा नभएकोले सहयोग चाहिएको भन्दै व्यवसायी प्रसाईसँग पैसा मागेका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार