महासंघको वरिष्ठ उपाध्यक्षका लागि त्रिपक्षीय भिडन्त

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भइरहेको छ । सोमबार साँझसम्म उम्मेदवारी फिर्ता गर्ने अन्तिम समय भए पनि वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन । त्यसैले यसपटक त्रिपक्षीय प्रतिस्पर्धा भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईवीच प्रतिस्पर्धा हुने छ ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशतभन्दा कम्तीमा १ मत बढी ल्याउनुपर्ने व्यवस्था रहेको छ । महासंघको विधानअनुसार ५० प्रतिशतभन्दा १ मत बढी ल्याउन पर्ने हुन्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा १ मत नसकेको अवस्थामा उपाध्यक्षका लागि दोश्रो चरणका निर्वाचन हुनेछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यहि व्यवस्था अनुसार अहिले वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल तीन वर्षका लागि अध्यक्ष बन्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here