23.1 C
Kathmandu

साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्न चेम्बरको माग

काठमाडौं/ गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल चेम्बर अफ कमर्सले बिहिबार नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

चालु आवको मौद्रिक नीतिको मध्यावधी समीक्षाका लागि सुझाव दिँदै चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नु सुझाव दिएको हो । मध्यावधी समीक्षाका लागि चेम्बरले नौ बुँदे सुझाव दिएको छ ।

तरलता सङ्कटसँगै बढेको ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्रायः रहेको भन्दै चेम्बरले अधिकांश ऋणी समस्यामा परेको बताएको छ । मौद्रिक समीक्षामार्फत् साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरको विश्वास छ ।

चालु पुँजीकर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ । यसका साथै चेम्बरले दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने सुझाव दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार