26.1 C
Kathmandu

नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएका छनः प्रधानमन्त्री दाहाल

सिन्धुपाल्चोक- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या देखिएको बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री दाहालले भने, नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ । मैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु। मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु ।

“निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको बताउँदै प्रधानमन्त्री दाहालले बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको बताए। यसले अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ, प्रधानमन्त्री दाहालले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको बताउँदै भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार