23.1 C
Kathmandu

गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न निजी क्षेत्रबाट प्रस्ताव आह्वान गर्न सिफारिस

काठमाडौं / सरकारी लगानीमा विगतमा सञ्चालनमा रहेका गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि निजी क्षेत्रबाट प्रस्ताव आह्वान गर्न सिफारिस गरिएको छ । अर्थ मन्त्रालयबाट गठन गरिएको कार्यदलले यी दुई उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई आह्वान गर्न सकिने सिफारिस गरेको हो ।

गत १५ कात्तिकमा संस्थान उद्योग पुनः सञ्चालन गर्न के–कस्तो मोडालिटी उपयुक्त हुन्छ भनी अध्ययन गर्न अर्थ मन्त्रालयबाट एउटा कार्यदल गठन गरिएको थियो । ृउक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा अर्थमन्त्रालयका सहसचिव रमेशकुमार केसी र पाराश्वर ढुंगाना तथा उपसचिव गगनबहादुर विके सदस्य रहेका थिए ।

कार्यदलले अध्ययनबाट सबै उद्योगको जडित क्षमता कम रहेको र प्रविधि समेत पुरानो भएको बताएको छ । सोहीकारण कुनै पनि उद्योग यथास्थितिमा सञ्चालन गर्न नसकिने उल्लेख छ । थप लगानी गरी स्तरोन्नती नगरेसम्म यस्ता उद्योगहरु चलाउन नसकिने कार्यदलको निष्कर्ष छ । गोरखकाली रबर उद्योग २०७१ चैतदेखि र बुटवल धागो कारखाना २०६४ सालदेखि बन्द रहेको छ ।

चलाउन सकिने सम्भावना रहेको उद्योगमा सरकार आफैंले नभई निजी क्षेत्रको सहभागितामा मात्र चलाउन दिन समेत कार्यदलले सिफारिस गरेको छ । सम्भावना नभएका उद्योग, उपयुक्त प्रस्ताव नआएका उद्योग वा प्रस्ताव नै नपर्ने उद्योगमा भने थप लगानी नगर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । सो क्रममा उद्योगको जग्गा सरकारको मातहत ल्याउन, ब्राण्ड र मेसिन बिक्री गर्न र कम्पनी खारेज गर्न समेत भनिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार