26.1 C
Kathmandu

चोभारस्थित सुख्खा बन्दरगाहबाट भन्सार जाँचपास गराउन सकिने 

काठमाडौँ / काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट व्यवसायीले आयात गरेका वस्तुको जाँचपास गराउन सकिने भएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर यस्तो व्यवस्था लागू गरेको हो ।

प्रकाशित सूचना अनुसार सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब काठमाडौंको चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

प्रकाशित सूचनामा भनिएको छ—‘सीमास्थित भन्सार कार्यालयमा पैठारीको लागि ल्याइएका मालवस्तु सो कार्यालयबाट जाँचपास नगराई बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहेमा मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ,’ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार