29.1 C
Kathmandu

भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्न प्रस्ताव

काठमाडौ / इन्डियन इनर्जी एक्सचेन्ज ९आईईएक्स०बाट बिजुली किन्न नेपालले प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव गरेको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । प्राधिकरणले आईईएक्सबाट बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर नेपालमा त्यसको शुल्क प्रतियुनिट ३८ रुपैयाँ पर्ने बताइएको छ ।

बिहीबार राति १२ बजेदेखि बिजुली किन्नका लागि प्राधिकरणले यो मूल्य प्रस्ताव हालेको हो । नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात गरिरहेको छ । गत वर्ष चैतमा १३ सय मेगावाट माग रहेकोमा अहिले १६ सय मेगावाट रहेको छ । जसमध्ये ९ सय मेगावाट आन्तरिक उत्पादन भैरहेको छ । गतवर्ष चैतमा नेपालले ८ सय मेगावाटसम्म भारतबाट आयात गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार