23.1 C
Kathmandu

राष्ट्र बैंकले बढायो पुनर्कर्जाको ब्याजदर

काठमाडौँ / नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाएर अधिकतम ७ प्रतिशत पुर्‍याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ (चौथो संशोधनसहित) जारी गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्था अनुसार अब ऋणीले लघु, घरेलु तथा साना उद्यम र साधारण पुनर्कर्जाका लागि अधिकत ७ प्रतिशत र विशेष पुनर्कर्जामा ५ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ । यसअघि लघु, घरेलु तथा साना उद्यम र साधारण पुनर्कर्जाका लागि अधिकत ५ प्रतिशत र विशेष पुनर्कर्जामा ३ प्रतिशत ब्याजदर तिर्नुपर्ने व्यवस्था थियो ।

पुनर्कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई तिर्नुपर्ने ब्याजदर पनि बढाएर अधिकत ५ प्रतिशत पुर्‍याइएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले लघु, घरेलु तथा साना उद्यममा २ प्रतिशत, साधारण पुनर्कर्जामा ३ प्रतिशत र विशेष पुनर्कर्जामा १ प्रतिशत ब्याजदर तिर्नुपर्ने व्यवस्था थियो । एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुन्छ र यस्तो कर्जा नवीकरण हुँदैन ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार