29.1 C
Kathmandu

राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी, दुई साताभित्रै रेल उद्घाटन हुने

काठमाडौँ / राष्ट्रपति कार्यालयले मंगलबार रेलवे अध्यादेश जारी गरेको छ । यो अध्यादेश जारी भएसँगै नेपालमा रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याइने भएको छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ ९परीक्षण० भइरहेको छ छ । भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा भर्चुअल्ली उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी भइरहेको बताइएको छ । यसका लागि छिट्टै मिति तय हुने यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार