23.1 C
Kathmandu

८ महिनामै १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात

काठमाण्डौ/ चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो नेपालको निर्यातमा नयाँ रेकर्ड हो ।

भन्सार विभागका अनुसार नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालले आठ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको हो भने झन्डै २६ अर्ब रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै तीन अर्ब ६१ करोड रुपैयाँको सूर्यमुखीको तेल निर्यात भएको छ । यी वस्तुका कच्चा पदार्थ भित्राएर नेपालले प्रशोधनपछि विदेश पठाउँदै आएको छ ।

यस्तै आठ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३८ दशमलव ६४ प्रतिशतले धेरै हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार