29.1 C
Kathmandu

सार्वजनिक सवारीको भाडा ११ प्रतिशतले बढ्ने

काठमाडौं / सरकारले सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यसका लागि यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिस सहितको प्रतिवेदन तयार गरि मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको व्यवसायीसँगको बैठकमा सरकारले भाडादर फेरि समायोजन गर्न सहमति जनाएको छ । विभाग स्रोतका अनुसार पेट्रोलियम पदार्थको समायोजन गर्दा न्युनतम थ्रेसहोल्ड नाघेमा स्वचालित रुपमा भाडा समायोजन हुने गरी व्यवस्था गर्न प्रस्ताव गरिएकोे छ । जसअनुसार तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुनेछ । विभागको यस्तो प्रस्तावमा यातायात व्यवसायी पनि सहमत भएका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार