23.1 C
Kathmandu

केही समस्या आएको हो तर हामी भागेका छैनौं, सबैको बचत फिर्ता गर्छौं: शिवशिखर

काठमाडौं/पछिल्ला केहि दिन यता केहि अनलाइनहरुमा आफनो संस्थाको बारेमा आएको समाचारले सेवाग्राहीमा भ्रम सिर्जना गरेको भन्दै भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले आफ्ना सेवाग्राहीलाई नआत्तिन आग्रह को छ ।

सहकारीले मंगलवार विज्ञप्ति जारी गर्दै आर्थिक मन्दीका कारण केही समस्या आएको भएपनि प्रचार गरिएजस्तो नभएको भन्दै बचतकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ग्राहककै विश्वास र रोजाइका कारण एक दशकमा देशव्यापी संजाल विस्तार गर्न सफल भएको यथार्थ कसैबाट छिपेको छैन । आर्थिक मन्दीले केही समस्या आएको भएपनि केहीले धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै यस सहकारीविरुद्ध अनर्गल प्रचार गर्ने र ग्राहक तथा सेवाग्राहीलाई भड्काउने गरेको भेटिएको छ । त्यस्ता अफवाहको पछि नलाग्न आग्रह गर्दै हाम्रा ग्राहकहरुलाई ढुक्क हुन आग्रह गर्छाै र सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको ग्यारेन्टी गर्न चाहन्छौं ।

मुलुकका विभिन्न ३५ स्थानमा शाखा कार्यलय रहेको यो सहकारीले २० वटा गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर, कृषि औजार आयात तथा विक्रि वितरण र साना तथा मझयौला उद्यमीहरुमा कर्जा लगानी गरेको जनाउँदै पछिल्लो केही समयदेखि देशले भोगिरहेको आर्थिक मन्दीले सबैक्षेत्रमा असर गरिरहेकोले सहकारीलाई पनि त्यसले असर गरेको जनाएको छ । यो वास्तविकता घाम जस्तै छर्लङ्ग रहेको जनाउँदै सहकारीले यसका बाबजुद पनि सदस्य बचतकर्ताको रकम सुरक्षित रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, संचालनको एक दशकसम्म हाम्रा सम्पूर्ण सेवाग्राही तथा ग्राहकलाई सन्तुष्ट राख्न पाउँदा र बचतकर्ताको विश्वास जित्न पाउँदा हामी गर्व गछौं । ग्राहकको विश्वास र संचालकको जिम्मेवारीले नै सहकारी यो अवस्थामा आइपुग्न सफल भएको हो ।

सहकारीका प्रमुख कार्यकारी लिलानाथ गौतमले बचतकर्ताको रकम सुरक्षित रहेको बताउँदै रकम फिर्ता लिन चाहानेहरुको रकम फिर्ता गर्ने समेत उल्लेख गरेका छन । उनीभन्छन्, बचतकर्ताको रकम सहकारीले मूल रुपमा सुरक्षित ऋण प्रवाह गर्ने नै हो । त्यसै अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीले पनि मार्ट, कृषि औजार लगायत साना तथा मझौला व्यवसायीहरुमा ऋण लगानी गरेको छ । तर आर्थिक मन्दीको मारमा पर्नुभएका सयौं साना तथा मझौला व्यवसायीले सहकारीबाट लिनुभएको ऋण तिर्न सक्नुभएको छैन, गौतम भन्छन्, यस्तो प्रतिकुल अवस्थामा हामी उहाँहरुलाई अनावश्यक मानसिक याताना दिन चाहन्नौ ।

पछिल्लो समय केहि सहकारीले गरेको बदमासीका कारण आफना सदस्यहरु डराएको बताउँदै गौतम भन्छन्, सबै जना सदस्यहरु एकै पटक सहकारीमा रहेको बचत भिक्न चाहिरहनु भएको छ र नियमित बचत गर्दै आउनुभएका ग्राहकहरु पनि ढुक्कसंग सहकारीमा रकम जम्मा गर्न सकिरहनुभएको छैन । यसले गर्दा देशैभरिका शाखाहरुमा एकैपटक असर देखिएको मात्र हो । यो असर देखिनुलाई हामीले कत्ति पनि अस्वभाविक ठानेका छैनौं ।

उनी भन्छन्, बचतकर्ताले गरेको वचत चाहेको बेला निकाल्न पाउनुपर्छ । तर अहिले आर्थिक मन्दि र सहकारीले गरेको लगानी उठ्न नसकिरहेका कारण केहि समस्या आएको छ । हामी भागेका छैनौं । बजारमा गरेको लगानी उठाउन लागिरहेका छौं । शेयर सदस्यलाई संम्यमित भइदिन आग्रह गर्दै उनी भन्छन, केहि समय लाग्ला । सवै शेयर सदस्यको पैसा फिर्ता गर्छाै । तर यसरी सवै जना एकै पटक बचत निकाल्न आइदिनुभयो भने हामीले एकै पटक सवैलाई रकम दिन सक्ने अवस्था रहँदैन । यसले समस्या घट्दैन समस्या मात्रै बढ्ने हो ।

एक दशक भन्दा लामो समय देखि सञ्चालनमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैंकिङ प्रक्रियामै आउन नसकेका नागरिकलाई सहज र विश्वासिलो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकका विभिन्न स्थानमा रहेका २० वटा गार्डेन मार्ट र ३५ वटा शाखामा गरिझण्डै १ हजार भन्दा बढिले प्रत्यक्ष रोजगारी पाइरहेको सहकारीले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार