29.1 C
Kathmandu

सदस्यहरूको विश्वासलाई टुट्न दिँदैनौंः शिव शिखर सहकारी

महेन्द्रनगर/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक सञ्जालमा आएका समाचारप्रति संस्थाले गम्भिरध्यानाकर्षण भएको जनाएको छ । संस्थाको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेम राज जोशीले विज्ञप्ति जारी गर्दै ती समाचारमा आएजस्तो सत्यता नभएको स्पष्ट पारिएको छ ।
बहुउद्देश्यीय प्रकृतिमा सहकारी विभागमा दर्ता भई देशका विभिन्न जिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्वीकृतको अनुमति लिएर सञ्चालनमा आएको संस्था भएको उल्लेख गर्दै विज्ञप्तिमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपाल भरिमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु सञ्चालनमा रहेको बताइएको छ ।
विज्ञप्ति अनुसार सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उद्देश्यका साथमा स्थापना काल देखि नै लागि परेको यो संस्थाले सुदूरपश्चिम प्रदेशमा हाल सात वटा सदस्य सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।

संस्थाप्रति सामाजिक सञ्जालमा विभिन्न खालका टीका टिप्पणी र नकारात्मक कुराहरू आइराखेको यस परिस्थितिमा सत्यताको विषय उजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोबार गर्ने वातावरण सृजना गर्नका विज्ञप्ति प्रकाशन गरिएको बताउँदै संस्थाको साधारण सभा गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ । अगाडी भनिएको छ, संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदनको प्रति सेवा केन्द्रहरुले प्राप्त गर्ने बित्तिकै हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरूलाई उपलब्ध गराउने छौँ । बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनि अवस्था नरहेको हामी हाम्रा सम्पूर्ण सदस्य महानुभावहरुमा विनम्रता पूर्वक जानकारी गर्न चाहन्छौँ ।

विज्ञप्तिमा अहिले सिङ्गो देश नै आर्थिक तरलतामा गुज्रिरहेको परिवेशमा सामान्य सहकारी तथा वित्तीय संस्था पनि त्यस को मारमा परेको उल्लेख गर्दै संस्था त्यस्तो नराम्रो अवस्थामा नरहेको र सदस्य को विश्वास कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
सहकारीमा सदस्य प्रधान बताउँदै विज्ञप्तिमा भनिएको छ, संस्थालाई कसरी जोगाउने र कस्तो अवस्थामा पु¥याउने भन्ने कुरा सदस्य महानुभावहरूकै हातमा हुन्छ । सदस्यहरूको विश्वासलाई टुट्न नदिने हाम्रो दायित्व हुन जान्छ ।

सहकारीले सुदूरपश्चिम प्रदेशमा आफनो लगानी र उपस्थितीका बारेमा समेत उल्लेख गरेको छ । जसअनुसार संस्थाको नाममा धनगढी कैलालीमा आफ्नै ३ तल्ले भवन रहेको छ । त्यसैसरि डडेलधुरा जिल्ला स्थित तुफनडाँडामा संस्थाको नाममा ४ तल्ले भवन रहेको र सोही भवन बाट शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र संस्था द्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सुविधा दिइराखेका छन् । संस्थाकै लगानीमा डडेलधुरा जिल्ला को बागबजारमा गार्डेन मार्टको अर्को शाखा रहेको छ । त्यसै गरी महेन्द्रनगर स्थित भीमदत्त नगरपालिका मा ५ तल्ले घर भाडामा लिई ५ तल्ला मा गार्डेन मार्ट र एक तल्लामा संस्थाको कार्यालय रहेको छ ।

यो सहकारीले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा घर भाडामा लिई सहकारीको कार्यालय र स्थानीय स्तरमा किसानले उत्पादन गरेका कृषि जन्य वस्तुको खरिद बिक्री केन्द्र स्थापना गरेका उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशका हरेक सेवा केन्द्रले सदस्य महानुभावहरूलाई कर्जा स्वरूप लगानी गरेको जनाएको छ । संस्थाको आर्थिक गतिविधिको सम्पूर्ण विवरण वार्षिक साधारण सभाको पुस्तीका मार्फत सम्पूर्ण सेयर सदस्य महानुभावलाई उपलब्ध गर्ने वचनबद्धता गर्दैै विज्ञप्तिमा संस्थासबैको विश्वासबाट माथि उठ्ने विश्वास व्यक्त गरिएको छ । कुनै किसिम को दुबिधामा नपरी संस्था ढुक्कसँग नियमित कारोबार गर्न सहकारीले आफना सम्पूर्ण सेयर सदस्य महानुभावहरूमा हार्दिक अनुरोध गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार