29.1 C
Kathmandu

वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की चयन

काठमाडौं । मुलुक भित्रका निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्षमा संघका निवर्तमान महासचिव समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की चयन भएका छन्।

काठमाडौंमा बिहीबार सम्पन्न संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। साधरण सभाले प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, द्धितिय उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धरलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएको संघले जनाएको छ ।

संघद्धारा जारी विज्ञप्ति अनुसार कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार