26.1 C
Kathmandu

वर्षाको सम्भावना देखिए पछि १२ वर्षे शेल्री डुग्ड्रा मेला आयोजनाको मिति सारियो

काठमाडौं । उपल्लो डोल्पाको शे मा ६७ औं १२ वर्षे डोल्पो शेल्री डुग्ड्रा मेला आयोजनाका लागि यस अगाडि तोकिएको मिति केही दिनका लागि सारिएको छ । मेला आयोजक समितिले एक सूचना सार्वजनिक गर्दै पूर्वनिर्धारित समय केही दिनका लागि सारिएको जनाएको छ । 

आयोजक समितिले शेल्री डुग्ड्रा मेलाको लागि २०८१ भदौ २ गतेदेखि भदौ ५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । तर स्थानीय बिज्ञहरु र बौद्ध धर्मावलम्बीहरूले सदियौँ कालदेखिको विश्वास गर्दै आएका स्थानीय मौसम ज्योतिषीहरू र बौद्धिष्ट पात्रो अनुसार भदौको पहिलो हप्तातिर वर्षाको सम्भावना बढी देखाएकोले मेला भदौको १६ गते देखि १९ गतेसम्म सञ्चालन गर्ने नयाँ मिति तोकिएको बताइएको छ । 

शे फोक्सुण्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा हरेक १२ वर्षमा आयोजन गरिने १२ वर्षे शेल्री डुग्ड्रा मेला हुँदै आइरहेको छ । शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष तथा मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङका अनुसार यो मेलामा देश तथा विदेशबाट स्वदेशी र विदेशी पाहुनाहरू आउने अपेक्षा गरिएको छ । 

अध्यक्ष गुरुङका अनुसार  शे फोक्सुण्डो गाउँपालिकाको मुख्य आयोजनामा हुने यो मेलाको सह आयोजकमा डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका रहेका छन् । डोल्पा जिल्लाका अन्य सबै छिमेकी स्थानीय तहहरुसँग समेत मेला सफल रुपमा सम्पन्न गर्न सहकार्य गरिने छ ।

सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको बताउँदै ल गुम्बा र मेला आयोजन हुने ठाउँ गाउँघरबाट लगभग ५ देखि ६ घण्टासम्मको टाढा स्थान खाली वनमा हुने भएकोले मौसमबाट पर्न सक्ने क्षति र असुविधाले पाहुनाहरूमा असहज महसुस हुने जस्ता कारणले गर्दा मिति सरिएको अध्यक्ष गुरुङले बताए । 

आयोजकले यही समयमा माथिल्लो डोल्पाको स्थानीय र स्वायत्त तिब्बतको डोङबा काउन्टी बीच हुने वार्षिक व्यापारीका मेला समेत पर्न सक्ने अनुमान गरिएको छ। मेलाको मिति सार्दा हुने असुविधा प्रति आयोजकले क्षमा याचना गरेका छन् । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार