काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा झण्डै ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह करिब २६.४ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकको मासिक तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बृद्धि भएको थियो ।