24.1 C
Kathmandu

विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकारले कोभिडविरुद्धको खोप खरिद गर्न विश्व बैंकसँग शुक्रबार २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । ऋण सम्झौतामा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अर्थ मन्त्रालयका अनुसार पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न उक्त ऋण रकम खर्च गरिने छ । बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा यसले थप टेवा प्रदान गर्ने अर्थ सचिव मरासिनीले बताए ।

ऋण सम्झौतामा हस्ताक्षर गर्दै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।

ऋण सहायता र कोभिड १९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्व तयारी आयोजनाले कोभिड महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरणमा उपयोग हुने विश्व बैंकको भनाइ छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार