26.1 C
Kathmandu

पेट्रोलको अधिक मूल्यबृद्धिको मारमा उपभोक्ता: मिटरमा हिड्नै छोडे ट्याक्सी, सार्वजनिक सवारी थप मारमा


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतीय आलल निगम (आइओसी)ले बढाएर दिँदा बढ्ने र घटेर आयो भने घट्ने गरी स्वचालिन मूल्यमा चल्ने गरेको भएपनि हरेक १५ दिनमा नेपाल आयल निगमले तेलको मूल्य बढाउँदा उपभोक्ता मारमा परिरहेका छन । बजारको औसत मूल्यका आधारमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य निर्धारण हुने भनेपनि एक वर्षदेखि उकालो लागेको तेलको मूल्य पेट्रोलमा १४५ र डिजलमा १२८ रुपैयाँ पुगिसकेको छ ।

निगमले १५ दिनमै बढेर आएको भन्दै घाटा कम गर्ने बहानामा तेलका मूल्य बढाइरहेको छ । ३० दिनको मूल्यको आधारमा मट्टितेल र एलपी ग्यासको मूल्य निर्धारण प्रक्रिया पनि गर्छ । यही मूल्यलाई आयल निगमले प्लाट्स, आर्गससहितको विश्वसनीय उपकरणबाट क्रस भेरिफाई गर्ने र जो मूल्यमा करसहितको लागत मूल्य जोड्ने गरेको छ ।

आयल निगमले खरिद मूल्यमा, भन्सार शुल्क, सडक मर्मत सुधार, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर, अन्य विभिन्न शीर्षकका कर तथा शुल्क जोडेर बिक्री मूल्य निर्धारण गर्छ । इण्डियन आयल डिपोबाट निगमको डिपोसम्मको ढुवानी ट्यांकर तथा बीमा खर्च, प्राविधिक नोक्सानी, निगमको प्रशासनिक खर्च र डिलर्सको कमिसन तथा खर्च जोडेर मात्रै बिक्री मूल्य तय हुने गरेको छ ।

सरकारले लिने सम्पूर्ण राजस्व र मूल्य अभिवृद्धि कर प्रति लिटर पेट्रोलमै ५८.४८ रुपैयाँ छ । यस्तो शुल्कमा भन्सार शूल्क २५.२०, पूर्वाधार विकास शुल्क १०, सडक संभार शुल्क ४ रुपैयाँ, भन्सार सेवा शुल्क, मूल्य स्थरीकरण कोष, वातावरण शुल्क र मूल्य अभिवृद्धि करसमेतमा गरेर १८.४८ रुपैयाँ लिन्छ ।

यस्तो शुल्कसँगै ढुवानी तथा बीमा खर्च ५.१ रुपैयाँ, निगमको प्रशासनिक खर्च ०.७० रुपैयाँ, प्राविधि नोक्सानी १.०७ रुपैयाँ, डिलर कमिशन तथा खर्च ५.५५ पैसा प्रतिलिट पेट्रोलमै लिने गरेको छ ।

डिजेलको पनि ८५.४२ रुपैयाँमा खरिद गरेर ३९.५८ रुपैयाँ बढी लिएर बिक्री गर्ने गरिएको छ । डिजलको सरकारी राजस्व ४१.१६ रुपैयाँ हुन्छ । डिजेलको ढुवानी भाडा तथा बीमा खर्च ३.७७ रुपैयाँ, निगमको प्रशासनिक खर्च ०.४९ रुपैयाँ, प्राविधिक नोक्सानी ०.६२ रुपैयाँ र डिलर कमिसन तथा खर्च ४.३७ रुपैयाँ छ । यो पनि अझै १५ दिन अधिको मूल्यमा भएकोले पछिल्लो मूल्य अनुसार कर तथा राजस्व लगात बढ्ने आयाल निगमका सहप्रवक्ता पुस्कर कार्की बताउँछन् ।

मिटरमा हिड्नै छोडे ट्याक्सी, सार्वजनिक सवारी थप मारमा

आम उपभोक्तालाई लिने चर्काे मूल्यकै कारण सर्वसाधारणको दैनिक चल्न नसक्ने अवस्था आएको छ । नयाँसडकमा यात्रु पर्खर बसिरहेका दोलखाका कृष्ण पौडेलले ट्याक्सी चलाउन थालेको १९ वर्ष भयो । उनको बुझाईमा अलिहेसम्म बढेको महंगी र जति कमायो सबै तेलमा मात्रै खर्च हुने गरेको त अहिले मात्रै हो ।

उनी भन्छन्, कामएको जति तेल हालेरै सकिन्छ अनि कसरी परिवार पाल्ने, ट्याक्सीको किस्ता कसरी तिर्ने । १५ वर्ष साहूको ट्याक्सी चलाएका पौडेलले महामारी अगाडि मात्रै १६ लाखमा नयाँ ट्याक्सी किनेका हुन । ट्याक्सीको किस्ता तिर्दा र तेल हाल्दा हैरान हुने गरेका पौडेल ट्याक्सी कमाएर पैसा जोगाउनै गाह्रो भएपनि मिटरमा हिड्न पनि छोडेका छन् ।

सधै मिटरमा नै चलाउने पौडेलले पछिल्लो एक महिनादेखि भने मिटर बिना पहिल्यै र कम तोकेर मात्रै यात्रा गराउने गरेका छन । पौडेलका अनुसार मिटरमा हिड्दा यात्रुले तिरेको पैसा सबै तेल किन्नमै सकिने भएपनि बढी पैसा लिन र खर्च धान्न भएपनि बाध्य भएर मिटर बिना हिड्नुपरेको बताउँछ ।

गोरखाकी लक्ष्मी केसी पनि पछिल्लो समय इन्धनको मूल्य बढेकोले निजी कार चलाउने उनी तेल हाल्दैमा धेरै पैसा सकिएको बताउँछिन । इन्धन त किन्ने नसकिने भयो । भैसेपाटीबाट दैनिक वानेश्वर कार्यालय धाउने केसी इन्धनको मूल्य बढेपछि कार्यालय जाँदा र फर्कदा हुने इन्धनको खर्चले नै आफूलाई अत्याएको बताउँछिन ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला सरकारले वेवास्था गरेको, भाडा बढाउन नदिएको र कोभिडले थएिको बेला पनि गरेको वेवास्थासँगै चर्को इन्धनको मूल्यले सार्वजनिक यातायात बढी मारमा परेको बताउँछन । जहाज कम्पनीले तेलको मुल्य बढेकै दिन भाडा बढाउन पाउने तर आफूहरुलाई अंकुश लगाउँदा मारमा परेको तर्क गर्छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार