26.1 C
Kathmandu

नेस्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौं/ नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु। एक सय अंकित मूल्यमा रु.आठ करोड २८ लाख ७५ हजार मूल्यबराबरको आठ लाख २८ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने गरेको हो ।

कम्पनिले निष्कासन गरेको साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार चार सय ३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पुँजी ९रु। २५ करोड ५० लाख०को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार सात सय ५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात् बाँकी रहने सात लाख ७४ हजार पाँच सय ६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार