23.1 C
Kathmandu

देशका सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम पूरा

काठमाडौँ/ नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकका सबै माध्यमिक विद्यालय, स्वास्थ्य संस्था, स्थानीय निकायका कार्यालय र वडा कार्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडानको काम सतप्रतिशत पूरा भएको जनाएको छ । निशुल्क ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजहरूमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका तोकिएका स्थानमा सतप्रतिशत कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालन गरेका परियोजनाहरूको मंगलवार प्रगति प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले विभिन्न चरणमा भएका सम्झौता अनुरुप देशभरका सम्पूर्ण सामुदायिक माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको उल्लेख गरेको छ ।

प्राधिकरणद्धारा जारी प्रगति विवरण अनुसार ७ सय २ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्नेगरी १८ वटा परियोजना बनाइएकोमा ७ सय २ स्थानीय निकायका कार्यालय, ५ हजार ९ सय ३३ वटा वडा कार्यालय, ५ हजार २ सय ३३ वटा माध्यमिक विद्यालय र ४ हजार १ सय ८० वटा स्वास्थ्य संस्था गरी कूल १६ हजार ४८ वटा स्थानमा इन्टरनेट विस्तारको काम सञ्चालन गरिएको थियो ।

यीमध्ये ५ वटा स्थानीय निकायको कार्यालय र १ सयवटा वटा वडा कार्यालयबाहेक सबैमा इन्टरनेट सेवा पुर्‍याइएको प्रगति विवरणमा उल्लेख छ । जडान भएका स्थानमा दुई वर्षसम्म निशुल्क रूपमा इन्टरनेट उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।ब्रोडब्यान्ड परियोजनाका लागि ५ अर्ब ६७ करोड ४६ हजार २ सय ७६ रुपैयाँ तोकिएकोमा हालसम्म ४ अर्ब २१ करोड ५१ लाख ६४ हजार ५ सय ९७ रुपैयाँ सेवा प्रदायकहरूलाई भुक्तानी गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार