29.1 C
Kathmandu

बुध्दले थप्यो अर्को एटीआर–७२

काठमाडौं/ बुध्द एयरले हिजो एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाईन 9N-ANP रहेको याो जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई २ साताभित्र उडान सेवा सञ्चालनमा ल्याइने बुध्द एयरले जनाएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाई भाडादर पनि स्वतः सस्तो र सहज हुनेभएकाले बुध्दले ७२ सिटे जहाज भित्र्याएको जनाएको हो । यससँगै बुध्द एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै बुध्द एयरले आफूहरु निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध रहेको उल्लेख गरेको छ गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

‘बुध्द एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको’ बजार निर्देशक जोशीले बताए । उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए ।

बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान शुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार