26.1 C
Kathmandu

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ ४८ हजारले पाए, साढे २६ लाख रिजल्ट हेरेर निराश

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । आइतबार भएको बाँडफाँटमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन परेको थियो । जसमा योग्य आवेदक २५ लाख ८७ हजार ४१२ जनालाई गोलाप्रथामा सहभागी गराएर आईपीओ बाँडफाँट गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

लघुवित्तले ५ लाख २२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरु, पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट लगानीकर्ताबाट आवेदन माग गरिएको थियो ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार